images
images

पश्चिमी र स्थानीय  वायुको प्रभाव : यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षा, चार ओटा प्रदेशमा हावाहुरीको सम्भावना

पश्चिमी र स्थानीय  वायुको प्रभाव : यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षा, चार ओटा प्रदेशमा हावाहुरीको सम्भावना

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • पश्चिमी र स्थानीय  वायुको प्रभाव : यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षा, चार ओटा प्रदेशमा हावाहुरीको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images

    मङ्गलबार देशका पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बुधबार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

    बिहीबार कोशी, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षाको हिमपातको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार