images
images

दाताहरूले आवश्यकता औँल्याउने परिस्थिति अन्त्य नभएसम्म देशले फड्को मार्दैन – विज्ञ

दाताहरूले आवश्यकता औँल्याउने परिस्थिति अन्त्य नभएसम्म देशले फड्को मार्दैन – विज्ञ

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • दाताहरूले आवश्यकता औँल्याउने परिस्थिति अन्त्य नभएसम्म देशले फड्को मार्दैन – विज्ञ

    काठमाडौँ / देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले पछि परेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

    images
    images

    राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

    लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्त्वमा जोड दिए । 

    त्यस्तै, पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभएसम्म देशले फड्को नमार्ने बताए । 

    उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिएका छन् । 

    काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजनाको लक्ष्य र औद्योगिक क्रान्ति बिचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए । 

    लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिएका छन् । कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आआफ्ना धारणा राखेका थिए । 

    कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आआफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँ नयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । 

    कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार