images
images

आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    आज दिउँसो कोशी प्रदेशको पहाडी  भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ। शनिबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    कोशी,  बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    आइतबार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ । साथै देशभर केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहनुका साथै लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार