images
images

तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८५ करोड ५४ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८५ करोड ५४ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८५ करोड ५४ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त विवरण अनुसार बैंकले गत आर्थिक बर्षको तुलनामा बैंकको खुद नाफा ३६.७२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले ८५ करोड ५४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    खुद नाफा घटेसंगै बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । विवरणअनुसार उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ नकारात्मक छ । 

    यता बैंकको खुद नाफा घटेसंगै सञ्चालन नाफा पनि घटेको छ । यस अवधिसम्ममा बैंकको संचालन नाफा १ अर्ब ९४ करोड रुपैयाँबाट घटेर १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । 

    यस्तै, बैंकको नाफा घटेसँगै खुद ब्याज आम्दानी पनि घटेको छ । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ६७ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    यता, अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । १७.५७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी घटेर ९.८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार