images
images

९ महिनामा एभरेष्ट बैंकले कमायो २ अर्ब ६० करोड भन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

९ महिनामा एभरेष्ट बैंकले कमायो २ अर्ब ६० करोड भन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • ९ महिनामा एभरेष्ट बैंकले कमायो २ अर्ब ६० करोड भन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / एभरेष्ट बैंकले चालू आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५.७७ प्रतिशत वृद्धि भएको छ ।

    गत आवमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी पुगेको हो ।  

    चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ५.७८ प्रतिशत वृद्धि भएको छ । 

    कम्पनीको चुक्ता पूँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा (रिटेन्ड अर्निङ र शेयर प्रिमिय सहित) १४ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढी सञ्चिती गरेको छ ।

    प्रतिशेयर आम्दानी गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा रहेकोमा चालू आवमा २९ रुपैयाँ ५५ पैसा कायम भएको हो । 

    तेस्रो त्रैमासम्ममा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २२६.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.०९ गुणा र तरलता अनुपात ३२.२४ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार