images
images

तेस्रो त्रैमाससम्ममा एनएमबि बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति, कस्ता छन् अन्य सूचक ?

तेस्रो त्रैमाससम्ममा एनएमबि बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति, कस्ता छन् अन्य सूचक ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्ममा एनएमबि बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति, कस्ता छन् अन्य सूचक ?

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति देखिएको छ ।

    images
    images

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६.४४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले २ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा २ अर्ब २४ करोड रुपैयाँमा सिमित भएको हो । 

    चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १४.७२ प्रतिशत र सञ्चालन नाफा १३.७९ प्रतिशत घटेको छ । 

    नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४७ पैसा रहेकोमा चालू आवमा घटेर १६ रुपैयाँ  २७ पैसामा सिमित भएको छ । त्यस्तै चालू

    आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ दशमलव १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.८८ गुणा र तरलता अनुपात ३०.०९ प्रतिशत रहेको छ । 

    चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा १० अर्ब ९२ करोड रुपैयाँ सञ्चिती गरेको छ । शेयर प्रिमियम भने ४२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वितरणयोग्य नाफा पनि ४२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार