images
images

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै : आज कोशी, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै : आज कोशी, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    images
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै : आज कोशी, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

    काठमाडौँ / नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भुभागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

    सोमबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि कोशी, मधेश र बाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । 

    यसैगरी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस प्रदेशको तराई भुभागका केहि स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भुभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

    मङ्गलबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहि बाँकि भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको केहि स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

    मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भुभागका एक=दुई स्थानमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार