चर्चित समाचार
  • उद्योग व्यवसायी महासङ्घको अध्यक्षमा सापकोटा, महासचिव बने शिवाकोटी

    उद्योग व्यवसायी महासङ्घको अध्यक्षमा सापकोटा, महासचिव बने शिवाकोटी

    आइतवार, बैशाख ९ २०८१
    आइतवार, बैशाख ९ २०८१
  • उद्योग व्यवसायी महासङ्घको अध्यक्षमा सापकोटा, महासचिव बने शिवाकोटी

    काठमाडौँ / नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसङ्गठनको रूपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासङ्घको महासचिव रहेका थिए । 

    अध्यक्षमा सापकोटाको साथ महासचिवमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । शिवाकोटी मेगा बैङ्कका पूर्व सञ्चालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन् भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।

    एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासङ्घमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला सङ्घ र १२० नगरमा नगर सङ्घको सन्जाल रहेको सो महासङ्घमा विभिन्न ११ वटा वस्तुगत सङ्घहरूमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी सङ्घसंस्थाहरू सदस्य रहेका छन् । सदस्यताको हिसावले यो नै सबैभन्दा ठुलो सन्जाल रहेको व्यवसायीहरूको महासङ्घ हो ।

    यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार