images
images

नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप सङ्कलन बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप सङ्कलन बोलकबोल गर्ने

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप सङ्कलन बोलकबोल गर्ने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप सङ्कलन १२ दिनको अवधिका लागि हुनेछ ।

    यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।

    बोलकबोल प्रक्रिया मध्यान्ह २ बजेसम्म इलेक्ट्रोनिक प्रणालीमार्फत मात्र हुने बताइएको छ । निक्षेप सङ्कलनका लागि बोलकबोल गर्दा ब्याजदर दशमलव पछाडिका चार अङ्कसम्म उल्लेख गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

    यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँड गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँड गरिने प्रावधान राखिएको छ ।

    स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार