काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले बढेको हो ।
यसअघि छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ७० रुपैयाँ पर्नेछ ।