images
images

आगामी शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

आगामी शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • आगामी शनिबारसम्म देशभरको मौसम कस्तो रहला ? बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    images
    images

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। 

    लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    बर्षा र हावाहुरीको रहेको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार