काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको हो ।
मङ्गलबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो भने बुधबार घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
यता, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ६ सय ३० रुपैयाँ पर्नेछ ।