images
images

मौसममा सुधार आएसँगै खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

मौसममा सुधार आएसँगै खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    मौसममा सुधार आएसँगै खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौँ / बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।  विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। 

    images
    images

    “विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भने ।      

    मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए।  पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार