images
images

सीजी फुड्स भैँसेपाटीमा अज्ञात समूहद्वारा तोडफोड, कर्मचारीमाथि पनि हातपात

सीजी फुड्स भैँसेपाटीमा अज्ञात समूहद्वारा तोडफोड, कर्मचारीमाथि पनि हातपात

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सीजी फुड्स भैँसेपाटीमा अज्ञात समूहद्वारा तोडफोड, कर्मचारीमाथि पनि हातपात

    काठमाडौँ / चौधरी ग्रुप सञ्चालित सीजी फुड्स पार्क भैँसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । आज दिउँसो ३ बजेतिर वा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथिहातपात गर्नुका साथै तोडफोड गरिएको सीजी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए ।

    फुड्स पार्कमा आउनासाथ उनीहरूले नेपाल सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए । उक्त समूहले सीजी ग्रुपका व्यवस्थापकहरू माथि पनि अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । 

    प्रवक्ता पौडेलका अनुसार सीजीमा फुड्स पार्कमा कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि उनीहरू प्रतिकारमा उत्रिएका थिए । जसका कारण आक्रमणकारीहरू पछि हटेका थिए । 

    लगत्तै भैँसेपाटी प्रहरी प्रभागले आक्रमकारीहरूलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको उनले बताएका छन् । 

    एक विज्ञप्ति जारी गर्दै प्रवक्ता पौडेलले देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय रहेको उल्लेख गरेका छन्। 

    “यस घटनाको हामी भर्त्र्सना गर्दछौँ। यस घटनाले देशाको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सभ्थति सबै निकायको ध्यानाकर्षण गराउँदछौँ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कायांनी पानं नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ। साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वाताबरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौँ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार