चर्चित समाचार
  • नबिल बैङ्कको २६८ औँ शाखा दैलेखको दुल्लूमा, डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गरिने

    नबिल बैङ्कको २६८ औँ शाखा दैलेखको दुल्लूमा, डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गरिने

    आइतवार, बैशाख २३ २०८१
    आइतवार, बैशाख २३ २०८१
  • नबिल बैङ्कको २६८ औँ शाखा दैलेखको दुल्लूमा, डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गरिने

    दैलेख / नबिल बैङ्क लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो ।

    उक्त शाखाको विस्तारसँगै नबिल बैङ्क दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैङ्कका रूपमा सेवा दिन सफल भएको हो । 

    दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको बैङ्कले जनाएको छ । 

    देशको अग्रणी वाणिज्य बैङ्क नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको बताउँदै आएको छ । सो अवसरमा दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैङ्कको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । 

    “देशकै अग्रणी बैङ्कले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैङ्कका रूपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,” रिजालले भने ।

    news nabil.jpg

    नबिल बैङ्कका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सिइओ ज्ञवालीले बैङ्कले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

    नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरू मध्ये एक हो । बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार