images
images

चौधरी ग्रुपको सीजी फुड्समा भएको आक्रमणप्रति परिसंघको ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

चौधरी ग्रुपको सीजी फुड्समा भएको आक्रमणप्रति परिसंघको ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    चौधरी ग्रुपको सीजी फुड्समा भएको आक्रमणप्रति परिसंघको ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

    काठमाडौँ / सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गरी परिसंघले देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

    images
    images

    “सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ,” विज्ञप्तिमा उल्लेख छ । 

    हालको विषम परिस्थितीमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने परिसंघको भनाइ छ । 

    विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रूपमा प्रस्तुत हुन सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरूको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार