images
images

हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

    पोखरा महानगरपालिका– १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

    images
    images

    पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४१५ को सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्नेक्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । 

    सुवेदी बेपत्ता भएपछि उनि सँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए । 

    दिउसो १३ः३० बजे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले हर्पन खोलाबाट १४ः२० बजे बालकको शव निकालेको हो ।

    थप प्रक्रियाका लागि उनको शव नेपाल प्रहरीलाई बुझाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार