images
images

करदाता सेवा कार्यालयको राजस्व १.५३ प्रतिशतले बढ्यो, अझै बढ्ने अनुमान

करदाता सेवा कार्यालयको राजस्व १.५३ प्रतिशतले बढ्यो, अझै बढ्ने अनुमान

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    करदाता सेवा कार्यालयको राजस्व १.५३ प्रतिशतले बढ्यो, अझै बढ्ने अनुमान

    काठमाडौँ / करदाता सेवा कार्यालयहरूबाट सङ्कलित हुने राजश्व वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको हो । 

    images
    images

    गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व सङ्कलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । 

    उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर सङ्कलन गर्दै आएका छन् । 

    यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए । 

    समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार