images
images

काफल बेचेर मनग्य आम्दानी गर्दै तुलसीपुरकी गीता

काफल बेचेर मनग्य आम्दानी गर्दै तुलसीपुरकी गीता

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • काफल बेचेर मनग्य आम्दानी गर्दै तुलसीपुरकी गीता
    images
    images

    दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छन्। 

    एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्छन् । 

    उनी भन्छन्, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”

    सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । 

    वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छन् । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उनी बताउँछन् ।

    प्रति माना एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताए । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट ४० हजारबढी आम्दानी गरेको बताए ।

    बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

    काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना ५० देखि एक सय सम्ममा बिक्री हुने गरेको छ । 

    काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउँछन् । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उनी बताउँछन् ।

    यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गरे । 

    स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताए । 

    उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताए ।

    ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार