images
images

आनन्दमोहन भट्टराईजस्ता निश्पक्ष र निष्कलङ्क न्यायाधीशलाई विवादमा तानियोः वरिष्ठ अधिवक्ता भण्डारी

आनन्दमोहन भट्टराईजस्ता निश्पक्ष र निष्कलङ्क न्यायाधीशलाई विवादमा तानियोः वरिष्ठ अधिवक्ता भण्डारी

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    आनन्दमोहन भट्टराईजस्ता निश्पक्ष र निष्कलङ्क न्यायाधीशलाई विवादमा तानियोः वरिष्ठ अधिवक्ता भण्डारी

    काठमाडौँ / वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणलाई लिएर न्यायापालिका र प्रेस जगतबीच असामञ्जस्यपूर्ण परिस्थिति सिर्जना भएको बताएका छन् । 

    images
    images

    आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले उक्त प्रकरणमा स्वच्छ र निष्कलङ्क छवि भएका सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईलाई विवादित बनाइएको भन्दै आपत्ति जनाए । 

    ‘मलाई दुःख लागेको कुरा के हो भने आनन्दमोहन भट्टराईजस्तो निश्पक्ष, निष्कलङ्क न्यायाधीश, प्रत्येक न्यायाधीशका सबै निर्णयहरु सही हुन्छन् भन्ने छैन । न्यायाधीश पनि मानिस हुन्, उनीहरुले गरेका निर्णयहरुमा पनि कमिकमजोरी हुन्छन् ।’ उनले भने,‘तर, आनन्दमोहन भट्टराईजस्ता व्यक्तिहरु निष्कलङ्क व्यक्तिको रुपमा चिनिनुहुन्छ । उहाँमाथि जुन किसिमको आरोप आयो, त्यसले आम न्याय र कानुनी जगत दुःखी छ ।’ 

    क्रमिक रुपमा विगतका चुनौती र अप्ठ्याराहरुलाई पार गर्दै क्रमिक रुपमा सुधारका काम गरिराखेको र राम्रो परिणाम दिने सुरुवात गरेको न्यायापालिकामाथि प्रश्नचिन्ह खडा गराएर आम नागरिकमा भ्रम सिर्जना गराइएको उनको आरोप छ । 

    अख्तियारले आफैंले प्रमाण सिर्जना गरेर स्ट्रिङ–अप्रेसन गर्नु कानुनको आधारभूत सिद्धान्त विपरीत हुन्छ भनेर सर्वोच्चले गरेको उक्त निर्णयमा न्यायाधीश भट्टराईको कुनै संलग्नता नरहेको उनले बताए । उक्त निर्णयमा संलग्नता नभएको न्यायाधीशलाई विवादमा तान्ने काम भएको उनले बताए । 

    साथै, राज्यले प्रेसलाई आवाजविहीन बनाउन नहुने उनको भनाइ छ । प्रेसले पनि के कुरा सार्वजनिक हो र के कुरा नीजि हो भन्ने विर्सन नहुने उनले बताए । प्रेसले नीजी कुरालाई सार्वजनिक र सार्वजनिक कुरालाई नीजी बनाउने काम गरिरहेको उनको टिप्पणी छ । 

    तथ्यगत रूपमा अनुसन्धान नगरी आक्षेप र कसैको हुर्मत लिनका लागि मिडियामा समाचार आउने गरेको उनले बताए । ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणमा सर्वोच्च अदालतमा चलिरहेको मुद्दाले प्रेस र न्यायापालिकाको सन्दर्भमा जटिल र गम्भीर निश्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । 

    त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र आफूले संयुक्त रुपमा दिएको रिट निवेदनको सन्दर्भमा आफूमाथि लागेको आरोपमा उनले स्पष्टीकरण दिए । वरिष्ठ अधिवक्ता नेउपानेले आफ्नो बारेमा लगाएको आरोप ज्यादै संवेदनशील, आक्षेपयुक्त र इज्जत तथा प्रतिष्ठामा हुर्मत लिने प्रकारको रहेको उनले बताए । 

    भ्ण्डारीले आफूमाथि अधिवक्ता नेउपाने ‘सुरेन्द्र भण्डारीको व्याकग्राउन्ड माओवादी रहेछ, नागरिकता बाँड्नुपर्छ भनेर रिट निवेदनमा लेखेको रहेछ । उ सिके राउतको एजेण्ट रहेछ । विदेशीको एजेन्ट रहेछ । एभरेष्ट होटलमा एमालेका कार्यकर्तामार्फत पैसा खाँदोरहेछ । 

    विदेशबाट कति पैसा खायो ? हाम्रा हातमा आएका बखत अनुसन्धान गरौंला । १५ वर्ष मैले नै रोकेको नागरिकता सुरेन्द्र भण्डारीको कारणले सिद्धियो । चुच्चेटोपी नलगाइ हिँड्दैन, दौरासुरुवाल नलगाइ हिँड्दैन धन्दा यस्तो रहेछ । यस्तालाई नङ्ग्याउनुपर्छ । विदेशीलाई नागरिकता दिनुपर्छ भनेर रिट हाल्दो रहेछ’ जस्ता आरोप लगाएको बताए । 

    बालकृष्ण नेउपानेले लगाएको आरोपमा एउटापनि सत्यता नरहेको उनले बताए । आफूमाथि लगाएका आरोपहरु पुष्टि गरेर देखाउने उनले नेउपानेलाई खुला चुनौती दिए । आफूमाथि अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन उनले बालकृष्णलाई चुनौती दिए । आफूविरुद्ध लगाइएका आरोपहरु पुष्टि नगरेर यो विषयलाई अदालतमा प्रवेश गराउनेसमेत चेतावनी दिए । 

    साथै, कानुन दिवसको अवसरमा उनले वर्तमान संविधानमाथि पनि केही टिप्पणी गरे । संविधानकै हिमायती भन्नेहरुले वर्तमान संविधानलाई काम नलाग्ने ठानिसकेको अवस्थामा आफूले भने संविधानले बाटो विराएको रुपमा मात्रै लिएको बताए । उनले वर्तमान संविधानलाई करेक्सन गरेर अगाडि जानसकिने बताए । 

    ‘म अझैपनि यो संविधान काम नलाग्ने भइसकेको ठान्दिनँ । यो संविधानले बाटो विराएको ठान्छु । यो संविधानलाई करेक्सन गर्न जरुरी छ । व्यापक रुपमा संशोधन गर्न जरुरी छ,’– उनले भने । 

    त्यस्तै, मुलुकमा निषेधको राजनीति गरेर यो संविधान करेक्सन नहुने उनको भनाइ छ । उनले निषेधको राजनीतिका कारण संविधानमाथि नागरिकको विश्वास कम हुँदै गएको टिप्पणी गरे । अधिवक्ता भण्डारीले अब दलका नेतृत्वलाई समेत करेक्सन गर्नुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार