काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा आज सुनको भाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन एकैपटक २ हजार ३ सय रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सयमा कारोबार भएकोमा आज बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन १ लाख ३७ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहिबार प्रतितोला १ हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने १ हजार ७ सय ३५ निर्धारण भएको जनाइएको छ ।