images
images

तेस्रो त्रैमाससम्ममा युनिलिभर नेपालले कमायो ४८ करोड ६१ लाख नाफा, प्रतिशेयर आम्दानी र कुल आय कति ?

तेस्रो त्रैमाससम्ममा युनिलिभर नेपालले कमायो ४८ करोड ६१ लाख नाफा, प्रतिशेयर आम्दानी र कुल आय कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • तेस्रो त्रैमाससम्ममा युनिलिभर नेपालले कमायो ४८ करोड ६१ लाख नाफा, प्रतिशेयर आम्दानी र कुल आय कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा युनिलिभर नेपालले ४८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा ३० प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको सोही अवधीसम्ममा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीले खर्च केही नियन्त्रण गर्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिएको छ । गत आवको तेस्रो त्रैमासमा कुल खर्च १ अर्ब ५४ करोड रहेकोमा अहिले सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ छ । कुल आम्दानी पहिले २ अर्ब २ करोड रहेकोमा अहिले २ अर्ब ६ करोड छ ।

    चैत मसान्तसम्ममा कम्पनीको कुल आय २ अर्ब २ करोड ३० लाखबाट २.२६ प्रतिशत बढेर २ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको बिक्री आम्दानी पनि १.५२ प्रतिशत प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँमा पुगेको छ । 

    गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ५७ लाख आम्दानी गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ७२ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीको चालु आवको यसै अवधिमा अवधिसम्म २८ प्रतिशत बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

    चुक्ता पुँजी ९ करोड २१ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १४.९० प्रतिशतले बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ गत आवको यसै अवधिमा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ थियो । 

    समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७०३ रुपैयाँ ७३ पैसा छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस ५३९रुपैयाँ ४१ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४१२५ रुपैयाँबाट बढेर ४७२५ रुपैयाँ पुगेको छ ।

    युनिलिभर नेपाली सेयर बजारमा सुचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूलय भएको कम्पनी हो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको अन्तिम मूल्य ४० हजार ४५० रुपैयाँ रहेको छ भने अधिकतम सेयर मूल्य ४२ हजार ३०० रुपैयाँ पुगेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार