images
images

युवालाई उद्यमी बनाउँदै ‘नबिल एसएसई’

युवालाई उद्यमी बनाउँदै ‘नबिल एसएसई’

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • युवालाई उद्यमी बनाउँदै ‘नबिल एसएसई’
    Source : Nabil Bank

    काठमाडौँ / नेपालको बाणिज्य बैङ्कहरूमध्येकै अग्रणी स्थान ओगट्न सफल नबिल बैङ्कले युवालक्षित कार्यक्रमहरूलाई विशेष जोड दिइरहेको छ । युवाहरू विदेशिने लहर चलिरहँदा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेणा जगाउन नबिलले सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम चलाइरहेको छ ।

    images
    images
    images
    images

    स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएका युवाहरूको उद्यमशिलता विकासमा यो कार्यक्रमले टेवा पुर्याइरहेको छ ।
     
    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उद्यमशीलता सम्बन्धी क्षमता अभिवृद्धिदेखि ‘बिजेनस सस्टेनिविलिटी’सम्मका लागि नबिल बैङ्कले सुरु गरेको यो कार्यक्रम कोशेढुङ्गा सावित हुन पुगेको छ । 

    बचत, कर्जालगायतका अन्य सुविधामा युवाहरूलाई समेट्ने नियमित योजनाबाहेक बैङ्कले ल्याएको नबिल नविल सुलभ सोसल इन्टरप्रेनरसिप कार्यक्रम अहिले देशभरका ९ ओटा सेन्टरबाट सञ्चालित छ ।  

    गत मंसिरमा दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको यो कार्यक्रमबाट हालसम्म करिब ८६० जनाले आफू रोजगार भएर अरुलाई पनि रोजगारी दिएको नविल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सिइओ) मनोज ज्ञवाली बताउँछन् ।
     
    सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यम प्रवर्द्धन गर्ने उद्देश्यका साथ नविल एसइइले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम सञ्चालन गरेको छ ।

    विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गर्नेछन् । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, योजना बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका युवाहरू यी दुई मध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

    सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमको कोर्स छोटो समयमा सकिने उनले जानकारी दिए । यस कोर्स अन्तर्गत बैङ्कले युवाहरूलाई उद्यम कसरी गर्ने ? कर्जा कसरी प्राप्त गर्ने ? एकाउन्टिङ कसरी गर्ने ? लगायतका विषयमा सिकाइन्छ ।  

    डिपुटी सिइओ ज्ञवालीका अनुसार फेलोसिपअन्तर्गत भने उद्यमीहरूको प्रोजेक्ट एनालाइसेन्स गरिन्छ । पहिले सात ओटा प्रदेशमा एक÷एक ओटा सेन्टर भएकोमा, आवश्यकता र मागका आधारमा थप दुई ओटा सेन्टरबाट इन्टरप्रेनरसिप डेभलपमा बैङ्कले भूमिका खेल्दै आएको छ । 

    यस अन्तर्गत बैङ्कले बैङ्किङ, एकाउन्टिङ्, मार्केटिङ, ब्राण्डिङ, प्याकेजिङ्, फाइनान्सियल प्रोजेक्सन, बिजनेस सस्टेनेबिलिटीलगायतका विषयमा युवा उद्यमीहरूलाई तालिम दिइन्छ । फरक फरक स्रोतबाट युवा उद्यमीहरूलाई यी विषयमा 'इम्प्रुभ' गरिने उनले बताए । तालिमको ६ महिनापछि सहभागीले उद्यम सुरु गर्नेछन् । “६ महिनाको तालिमपछि उहाँहरूले काम सुरु गर्नुहुन्छ । त्यसपछि आफू भएको ठाउँमा उनीहरू आफूले पनि काम गर्छ र अन्य मान्छेहरूलाई रोजगार प्रदान गर्ने काम पनि गर्छ,” डिपुटी सिइओ ज्ञवालीले भने । 

    बैङ्कले ती युवा उद्यमीहरूलाई गाइड र एग्रीगेट गर्ने उनले जानकारी दिए । आवश्यकता र मागका आधारमा अन्य स्थानहरूमा पनि सेन्टर थप गर्ने बैङ्कको योजना रहेको उनले बताए । नबिल एसएसई फेलोशिप दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउने देखिन्छ । 

    यो कार्यक्रम विभिन्न विषयवस्तु र क्षेत्रहरू जस्तै जीविकोपार्जन, सिप विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला र समुदायको कल्याण, ऊर्जा आदिमा सामाजिक उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित छ। 

    बैङ्कले फेलोशिप कार्यक्रम कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग साझेदारी गरेको छ। बैङ्कले सञ्चालन गरेको यो कार्यक्रमले पनि स्थानीय समुदायका युवाहरूलाई सकारात्मक प्रभाव परेको देखिन्छ ।  

    व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुगेको सहभागीहरूले समेत बताउँदै आएका छन्।

    ती यस्ता युवाहरूलाई आवश्यकता हेरी सरल र सहुलियतपूर्ण कर्जा समेत बैङ्कले उपलब्ध गराइरहेको डेपुटी सिइओ ज्ञवाली बताउँछन् । सन् १९८४ मा स्थापना भएको नबिल बैङ्कले हाल २२ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैङ्कले हालसम्म २ सय ६८ शाखा कार्यालय, २२ वटा एक्सटेन्सन काउन्टर, ३ सय १७ एटिएम नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैङ्कले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार