images
images

दुई महिनामा वाणिज्य बैंकहरुले कमायो साढे १७ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुनको कति ?

दुई महिनामा वाणिज्य बैंकहरुले कमायो साढे १७ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुनको कति ?

दुई महिनामा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • दुई महिनामा वाणिज्य बैंकहरुले कमायो साढे १७ अर्ब बढी नाफा, सर्वाधिक कमाउनेमा नबिल, अन्य कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनामा वाणिज्य बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरेको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षका दुई महिनामा अर्थात साउन र भदौँ महिनासम्मको अवधीमा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

    बैंकहरूले दुई महिनाको अवधीमा कमाएको उक्त नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधीको तुलनामा १ खर्ब ४ करोड अर्थात ६.३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पहिलो दुई महिनामा यी बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । 

    सर्वाधिक कमाउनेमा नबिल

    तथ्याङ्क अनुसार साउन र भदौ महिनामा नबिल बैंकले सबैभन्दा बढी अर्थात १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो बैंकले अन्य बैंकहरुको तुलनामा नाफामा उल्लेख्य प्रगति गरेको हो । 

    यसअघि अत्याधिक नाफा आर्जन गर्दै पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाइ नबिलले उछिनेको हो । साउन महिनासम्म आईपुग्दा ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउने दोस्रो बैंकको स्थानमा झरेको छ । यो बैंकले चालु आवको दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    नेपाल एसविआई बैंकले बढायो सबैभन्दा धेरै नाफा

    भदौसम्मको तथ्याङ्क अनुसार नेपाल एसविआई बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै नाफा बढाएको छ। गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ९५ प्रतिशतले धेरै हो।

    यसैगरी कृषि विकास बैंकले पनि ४४ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैंकले ३७ प्रतिशत, सानिमा बैंकले ३४ प्रतिशत, सिटिजन्स बैंकले ३३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ प्रतिशतले नाफा बढाएका छन्।

    ६ बैंकको नाफा घट्यो 

    २० वाणिज्य बैंकमा ६ वटा बैंकको भने नाफा घटेको छ। एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत, कुमारी बैंक, हिमालयन बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशतले घटेको छ।

    दुई महिनाको अपधीमा एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    यस्तै, नेपाल बैंकले ६७ करोड ८२ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार