आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा, अहिलेसम्म किन हुन सकेन ?

आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा, अहिलेसम्म किन हुन सकेन ?

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • images
    images
    आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा, अहिलेसम्म किन हुन सकेन ?

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताएका हुन् । 

    लगानी सम्मेलनलाई दृष्टिगत गर्दै रेटिङको काम अघि बढाइए सरकारले जनाए पनि अहिलेसम्म हुन सकेको छैन । करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन ।

    विदेशी लगानीकर्ताहरूले कुनै मुलुकमा लगानी गर्नुअघि त्यो देशको लगानीको वातावरण, कानुनी अवस्थालगायतबारे जानकारी पाउन कन्ट्री रेटिङ अध्ययन गर्ने गर्छन् ।

    लगानीकर्ताले लगानी गर्नुपूर्व सम्बद्ध देशको क्रेडिट रेटिङ हेर्छन् । लगानी बढाउन प्रायः मुलुकले बेलाबेलामा कन्ट्री रेटिङ गराउँछन् ।  

    आर्थिक वर्ष २०७५/७६ को बजेटमा सरकारले कन्ट्री रेटिङ गराउने घोषणा गरेको थियो । त्यसयताका बजेटमा यस विषयले प्रवेश पाए पनि अहिलेसम्म रेटिङ्गको काम हुन सकेको थिएन ।

    अहिलेसम्म दक्षिण एशियाली मुलुकमा रेटिङ नगराउने नेपाल, भुटान र अफगानिस्तान हुन् । भारतले रेटिङमा ट्रिपल बी पाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार