चर्चित समाचार
  • सुजल डेरीको RUSH बदाम ड्रिक बजारमा, आयातित बदाम र केसरसँगै नेपाली दुधको स्वाद

    सुजल डेरीको RUSH बदाम ड्रिक बजारमा, आयातित बदाम र केसरसँगै नेपाली दुधको स्वाद

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • सुजल डेरीको RUSH बदाम ड्रिक बजारमा, आयातित बदाम र केसरसँगै नेपाली दुधको स्वाद

    काठमाडौँ / सुजल डेरी प्रा.लि.ले नवीनतम ब्रान्ड RUSH बदाम ड्रिक बजारमा ल्याएको छ। आयातित बदाम र केसर तथा नेपालमा उत्पादित दुधको मिश्रण भएको उक्त ड्रिक सुजल डेरीले बजारमा ल्याएको हो । 

     RUSH बदाम ड्रिक प्रयोग भएको क्यालिफोर्नियन अल्मोन्डस्, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सङ्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।

    च्ग्क्ज् बदाम ड्रिक अन्तर्राष्ट्रिय स्तरको स्वचालित मेसिनबाट उत्पादन गरिन्छ ।  RUSH बदाम ड्रिकमा  बदामको स्वाद, सफ्रोनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दावी छ । 

    “वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा  RUSH बदाम ड्रिकले पूर्ण गर्दछ।”

    कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सफलता र निरन्तर प्रयासलाइ प्रोत्साहन गर्नको लागि कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ। RUSH बदाम ड्रिकले उपभोगतालाई सधैँ एक्टिभ, रेडी र गोइङ बनाउने कुरामा कम्पनी विश्वस्त छ।”  RUSH बदाम ड्रिकको   १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार