images
images

दराजको ‘१.१ न्यू इयर मेगा सेल’ : आकर्षक छुट र २ करोड रुपैयाँ बराबरको भाउचार उपलब्ध

दराजको ‘१.१ न्यू इयर मेगा सेल’ : आकर्षक छुट र २ करोड रुपैयाँ बराबरको भाउचार उपलब्ध

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • दराजको ‘१.१ न्यू इयर मेगा सेल’ : आकर्षक छुट र २ करोड रुपैयाँ बराबरको भाउचार उपलब्ध
    images
    images

    काठमाडौँ / नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । ‘१.१ न्यू इयर’ मेगा सेल, पुस १० देखि २१ गतेसम्म चल्ने जानकारी दिइएको छ ।

    उक्त मेगा सेलमार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रुपैयाँ बराबरको भाउचरहरू समेत उपलब्ध गराउने दराजले जनाएको छ । 

    दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ । 

    गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । 

    ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

    मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत ६९९ रुपैयाँ, ९९९ रुपैयाँ र १,९९९ रुपैयाँभित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

    दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् ः

    ११ पौष (बिहीवार) : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० रुपैयाँसम्म) को लाभ उठाउन सक्नेछन् ।

    १२ पौष (शुक्रबार) : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म)को लाभ उठाउन सक्नेछन् ।

    १३ पौष (शनिवार) : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट ( ५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (५०० रुपैयाँसम्म)को लाभ उठाउन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार