images
images

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, अब एक तोला सुनलाई कति पर्ला ?

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, अब एक तोला सुनलाई कति पर्ला ?

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, अब एक तोला सुनलाई कति पर्ला ?
    images
    images

    काठमाडौँ / सुनचाँदीमा मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १ हजार ६ सय रुपैयाँले बृद्धि हुँदा सुनको मूल्य हालसम्मकै उच्च भएको हो । 

    महासङ्घले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि पनि मूल्य बृद्धि भएको महासङ्घले जनाएको छ । यसअघि गत वैशाख ९ गते सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ३९ हजार ३ सयसम्म रुपैयाँ पुगेको थियो । त्यसयता भने घटेर बैशाखमा सबैभन्दा कम १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको थियो । 

    आज तेजावी सुन भने प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि आज उकालो लागेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार