images
images

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे
    images
    images

    काठमाडौँ / नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । 

    कम्पनीको सञ्चालक समितिको १०१ औँ बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । 

    घिमिरेको इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । 

    नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।  

    घिमिरेले एफसीसीए साथै काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट ईएमबीए पनि गरेका छन् । 

    घिमिरेको विभिन्न इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।

    नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । 

    कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार