images
images

टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन, युवा खेलाडीलाई प्रबद्र्धन गर्ने लक्ष्य – निर्देशक कल्याण गुरुङ

टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन, युवा खेलाडीलाई प्रबद्र्धन गर्ने लक्ष्य – निर्देशक कल्याण गुरुङ

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन, युवा खेलाडीलाई प्रबद्र्धन गर्ने लक्ष्य – निर्देशक कल्याण गुरुङ
    images
    images

    काठमाडौं/  भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ ।

    नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरुप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० लाख रुपैयाँको प्रायोजन गरेको हो ।

    कर्पोरेट प्रायोजनले एशियाकी शीर्ष यूू–१४ खेलाडी बन्ने शिभालीको यात्रामा थप उचाइ प्रदान गर्ने विश्वास लिइएको भाटभटेनीले जनाएको छ । 

    हाल एसियन टेनिस फेडरेसनको यु–१४ गल्र्स वरीयतामा उनी १२ औं स्थानमा रहेकी छन् । उनी यस वर्ष शीर्ष १० मा पर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणसहित नियमित कडा अभ्यास गरिरहेकी छिन् ।

    shubhali.png

    एक वर्षको सम्झौता अनुसार भाटभटेनी सुपर मार्केटले प्रमुख प्रयोजकको रूपमा एक लाख ८० हजार, भाटभटेनी अन्तर्गतको डिर्क एन्ड ब्राउन र टिपले दुई लाख ४० हजार रुपैयाँ (संयुक्त), इन्फिनिटीले २ लाख ४० हजार रुपैयाँ, पेपे पिज्जाले २ लाख ४० हजार रुपैयाँ वार्षिक रुपमा प्रायोजन गर्नेछन् ।

    shu.png

    यस्तै, ट्रस्ट नेपाल ओभरसिज र ट्रान्सफर्मर नेपालले समान ५÷५ लाख रुपैयाँ शिभालीलाई उपलब्ध गराउनेछन् । भाटभटेनीले आफ्ना कर्पोरेट ब्राण्डबाट शिभालीलाई एक वर्षको २० लाख रुपैयाँको प्रायोजन गरेको हो । भाटभटेनी होल्डिङले १ लाख रुपैयाँ बराबरको सामान शिभालीलाई प्रदान समेत गर्ने भएको छ । 

    भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीहरू तयार पार्ने आफ्नो लक्ष्य अनुसार शिभालीलाई प्रायोजन गरिएको बताए ।  त्यस्तै युवा पुस्ताका खेलाडीलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको निर्देशक गुरुङले बताए । 

    shuvali.png

    शिभालीले प्राप्त प्रायोजन रकमले आफ्नो खेल जीवन बदल्ने अवसर प्रदान हुने उल्लेख गरेकी छिन् । 

    भाटभटेनी होल्डिङ्सका कर्पोरेट हेड आलोक जोशीले युवा खेलाडीलाई प्रबद्र्धन गर्ने उद्देश्यको निरन्तरता स्वरुप शिभालीलाई प्रायोजन प्रदान गरिएको बताए । 

    १३ वर्षकै उमेरमा शिवालीले उल्लेखनीय उपलब्धिहरू हासिल गरेकी छन्। उनले यु–१८ नेपाल च्याम्पियनसिप जितेकी थिइन् । यस्तै, आइटिएफ वल्र्ड टेनिस टुर जे ३० फाइनलमा पुगेकी छन् । र, थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेकी छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार