चर्चित समाचार
  • भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा व्यवसायीहरूका लागि कर शिक्षा कार्यक्रम

    भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा व्यवसायीहरूका लागि कर शिक्षा कार्यक्रम

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा व्यवसायीहरूका लागि कर शिक्षा कार्यक्रम

    भक्तपुर / भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा उद्यमी व्यवसायीहरूका लागि एकदिने कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिप कुमार गौतमको उपस्थितिमा सहभागी उद्यमी व्यवसायी र प्रमुख कर अधिकृतबिच करका विविध समसामयिक विषयवस्तुका बारेमा अन्तर्क्रिया सम्पन्न भएको हो । 

    सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै कर शिक्षा कार्यक्रमबाट व्यवसायीले लाभ लिएको महसूस गर्नुपर्ने, अन्जानमा भएका त्रुटीहरूलाई सहज ढङ्गबाट संशोधन गर्न सकिने व्यवस्था हुनुपर्ने, व्यवसायीलाई राजस्वमा राहत सुविधा उपलब्ध हुनुपर्ने, उधारो हिसाव व्यवस्थापनमा स्पष्ट नीति तय हुनु पर्ने जस्ता विषयमा धारणा राखेका थिए । 

    यसैगरी, कार्यक्रममा विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं संस्थाका सल्लाहकार रोशन भोयद्योले राजस्व नीतिमा हुनु पर्ने संशोधनका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका प्रयासहरूका बारेमा कार्यक्रममा जानकारी गराएका थिए । 

    त्यस्तै, कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले स्थानीय क्षेत्रमा व्यवसायीले भोग्दै आएका समस्याहरूलाई नीति निर्माण गर्ने तहसम्म पुर्याउनमा चेम्बरले विशेष भूमिका खेल्ने बताए । 

    साथै, व्यवसायीले राजस्व सम्बन्धिका परिवर्तित व्यवस्था अनुसार हिसाव कितावहरू चुस्त दुरुस्त राख्ने क्षमता विकास गर्नु पर्ने जस्ता विषयमा जोड दिए । 

    कार्यक्रमकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्समा गत चैत्र १ गतेदेखि सुरु भई ३ हप्तासम्म सञ्चालन भएको लेखा, कर तथा इ फाइलिंग सम्बन्धी तालिमका सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिप कुमार गौतमले प्रमाण पत्र वितरण गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार