यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

    नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    images
    images

    देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    शुक्रबार दिउँसो देशको पहाडी भूभागका धौर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी र सुदुरपक्षिम प्रदेशलगायत देशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    भोलि शनिबार दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदुरपक्षिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै, बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार राती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मेघगर्जन चट्याङ्ग हावाहुरीसहित बर्षा र हिमपातको सम्भावना भएको स्थानमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार