चर्चित समाचार
  • कृषि विकास र खाद्य सुरक्षाको लागि यी विषयहरुमा नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबिच सहकार्य

    कृषि विकास र खाद्य सुरक्षाको लागि यी विषयहरुमा नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबिच सहकार्य

    सोमवार, जेठ १४ २०८१
    सोमवार, जेठ १४ २०८१
  • कृषि विकास र खाद्य सुरक्षाको लागि यी विषयहरुमा नेपाल चेम्बर र इजरायल एसिया चेम्बरबिच सहकार्य

    काठमाडौं / नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । 

    व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधी बिचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।
     
    सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे । 

    नेपाल इजरायल चेम्बरबिच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्वन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । 

    यस्तै, मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको जनाएको छ । 

    चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने भनिएको छ ।

    कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ  । 

    सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य  गरिनेछ ।’

    यस्तै, नेपाल र इजरेलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि  सहमति भएको छ ।

    वैदेशिक व्यापार र औद्योगिक उत्पादन  क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार