images
images

इनरुवामा एक बोरा खरबुजाको दुई सय ५० रुपैयाँ !

इनरुवामा एक बोरा खरबुजाको दुई सय ५० रुपैयाँ !

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • इनरुवामा  एक बोरा खरबुजाको दुई सय ५० रुपैयाँ  !

    सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा बिक्रीका राखिएका खरबुजा तस्वीर हो यो । यहाँ अहिले गर्मीको मौसममा  खरबुजा  विक्री हुने समय  भएपनि थोकमा एक बोराको दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । 

    बजार आसपास क्षेत्रमा खरबुजा खेती   धेरै गरिएको छ । गरेका किसानलाई आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ छ । तर, राम्रो भाउ नपाउँदा किसान निरास छन् ।  यता कालीमाटी काठमाडौंमा भने तरबुजा (हरियो) को प्रतिकेजी  न्युनतम ३० रुपैयाँदेखि ४० रुपैयाँ पर्ने तोकिएको छ । बजारमा उपभोक्तालाई यहि खरबुजा तरबुजा ६० रुपैयाँ भन्दा बढि मूल्य पर्दछ । 

    खरबुजा लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। अहिले नेपालमा पनि व्यवसायिक रुपमा खेती गर्नेहरु बढ्दैछन् । यो फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। 

    खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। 

    यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउने दाबी बैज्ञानिकहरुको छ ।  

    विशेष गरी जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । 

     #picture : नवीन गड्तौला/  रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार