images
images

मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट भकाभक मर्दै,  रोग पत्ता लगाउन स्थानिय सरकार ढिलाई किन ?

मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट भकाभक मर्दै,  रोग पत्ता लगाउन स्थानिय सरकार ढिलाई किन ?

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट भकाभक मर्दै,  रोग पत्ता लगाउन स्थानिय सरकार ढिलाई किन ?
    images
    images

    हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमा धम मर्न मरेको किसानहरुले बताएका छन् । 


    अहिलेसम्म करिब १ सय भन्दा बढी याक चौंरी अज्ञात रोकबाट मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धन बहादुर बानियाँले बताए ।

    अहिले घटना स्थालतिर शाखाका कर्मचारीहरु एकिन डाटा र मर्नुको कारण पत्ता लगाउन लागेको उनले बताए । भकाभक याक चौरी मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।

    yak - chauri.png
    लक्षण देखिने २४ घण्टा भित्रमा मृत्यू

    चौरी र याकमा शुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यार घ्यार गर्ने, टाउको सुनिने, घाटी सुनिने एक ठाँउमा बसेको बसेई हुने जस्ता लक्षण देखिने २४ घण्टा भित्रमा याक तथा चौरिहरुको मृत्यु हुने गरेको छ । 


    स्थानिय नजिकको सरकार मुगुका कार्मारोङ्ख गाँउपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधी उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरुबाट पनि चौरीको उपचारको लागि पहल नभएको देखिन्छ ।

    chauri - yak- andimal.png 
    यहि रफ्तारमा याक र चौरीहरु मर्ने हो भने मुगालीहरुको घरवाहार बिहिन हुने देखिन्छ । अहिलेको बजारमा प्रति ठूलो चौरी, याकको मूल्य १ लाख २० हजारसम्म पर्छ । यो पटकको अज्ञात रोगले मुगुको मुगुगाँउका चौरी कृषकको ठूलो क्षति भएको मुगुम कामारोङ्ख २ मुगु गाँउका छोर्तेन लामाले बताएका छन् ।
    स्थानियहरुले दुध खाने, मालसामान ढुवानी गर्ने यी चौरी र याक  

    प्रत्येक घरका ४, ५ याक मर्ने गरेको किसानहरु बताउँछन् । 

    अहिलेसम्म उपचार र औषधिका लागि स्थानिय सरकार गाँउपालिका र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खवर गर्दा पनि कुनै निकायबाट सुनुवाई नभएको गुनासो मुगुम कार्मारोङ्ख मुगुगाँउका कार्मा छिरीङ्ख लामाले बताएका छन् ।


    गाउँपालिकासँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ । चौरीहरुको स्वाप संकलन गरि ल्यापमा परिक्षणका पठाउनु पर्ने भएकाले त्यसको लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द रावलले बताए  । 

    पालिकाको पत्र पाउनासाथ घटना स्थलतर्फ हिडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोलि सिरानी चौरमा पुगिसकेको र माध्यामिक विधालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घट्ना स्थलतर्फ गएको छ । 

    yak - chauri gai.png
    तीन तिरबाट गरि अहिले मुगु गाउँतर्फ ७ सदस्यको चिकित्सक तथा प्राविधिक टोलि औषधिसहित गैसकेको छ चौरी हिमालतिर रहने र गाँउमा नझरेकाले हिउँ पाटनहरुमा कति चौरी, याकहरु मरेका हुन एकिन तथ्याङ्क  आएको छैन् ।  

    हिमाली किसानको प्रमुख आय आर्जनको स्रोत

    हिमाली क्षेत्रका स्थानिय नागरीकहरुको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानिय नागरिकहरुको यातायातको साधन दैनिक जीवनमा प्रयोग गरिने खाद्यान्न, ढुवानि गर्ने मुख्य साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरु बढि चिन्तामा छन् । 

    -दान बहादुर बुढा

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार