काठमाडौँ / सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले यस्तो जानकारी दिएका हुन् । साथै सरकारले आगामी बर्ष जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने उनले बताए । त्यस्तै, सिम्रन गढलाई विशेष रुपमा संरक्षण गरिने उनले बताए ।