images
images

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खनन्‌मा व्यस्त

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खनन्‌मा व्यस्त

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खनन्‌मा व्यस्त
    images
    images

    दैलेख / जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् । 

    उत्खनन्‌का क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । 

    कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

    चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार