images
images

बीआरआईको ऋण लिएका देशहरु अप्ठ्यारोमा परेका छन्, नेपाल हौसिन हुँदैन - कांग्रेस नेता विश्वकर्माको विचार

बीआरआईको ऋण लिएका देशहरु अप्ठ्यारोमा परेका छन्, नेपाल हौसिन हुँदैन - कांग्रेस नेता विश्वकर्माको विचार

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • बीआरआईको ऋण लिएका देशहरु अप्ठ्यारोमा परेका छन्, नेपाल हौसिन हुँदैन - कांग्रेस नेता विश्वकर्माको विचार
    images
    images

    चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स अन्तर्गको ऋण लिएको खण्डमा आगामी आर्थिक वर्षमा बजेटको झण्डै १५ प्रतिशत रकम ऋण तिर्नकै लागि छुट्याउनुपर्ने स्थिति आउँछ । 

    ‘बीआरआई अन्तर्राष्ट्रिय समुदायसम्म सञ्जाल जोड्नका लागि बनाएको रणनीतिक परियोजना हो । अहिले हामी ऋण तिर्न सक्ने अवस्थामा छैनौं । यो भन्दाअघि १८ खर्बको बजेट बनाउँदै गर्दा ३ खर्ब बजेट त ऋण तिर्नका लागि छुट्याउनुपर्यो । 

    अहिले हामीले विकास निर्माण अथवा पूर्वाधार निर्माणका लागि बजेट चाहीँ ३ खर्ब छुट्याउँछौं  । तीन खर्ब नै हामी ऋण तिर्नका लागि छुट्याएका छौं । अब हामीले थप ऋण लियौं भने आर्थिक वर्ष २०८२÷०८३ मा हाम्रो बजेटको झण्डै १५ प्रतिशत ऋण तिर्नका लागि छुट्याउनुपर्छ । 

    उनले बीआरआईलाई लिएर जनमत विभाजित गर्नु पनि हुँदैन । सबै एकमत भएर चीनसँग अनुदानमा परियोजनाहरु माग गर्नुपर्दछ । चीनले यसअघि नै अनुदानमा दिन्छु भनेको करिब १ खर्ब दिन बाँकी नै छ । पहिला उक्त एक खर्ब रुपैया अनुदानको लागि पहल गरौँ 
    हामीले माग गरेको योजनामा हामीलाई रकम चाहिएको हो । त्यो दिनस् । 

    सक्नुहुन्छ पहिले बोलेकै पैसा दिनुस् । सक्नुहुन्न भने बीआरआईबाटै दिनुस् । बीआरआईबाट पनि तपाईँले ब्याज लिनुहुन्छ भने चर्को व्याज नलिइदिनुस्,  हामीले भनिरहेका छौं । 

    बीआरआई कूटनीतिक विषय  हो ।  यसकै कारण मुलुकभित्रको राजनीतिक विषय बनाएर गिजोल्न उपयुक्त हुँदैन । 

    आ–आफ्नो दलको आइडीओलोजी थन्क्याएर राष्ट्र र जनता र राष्ट्रिय हितमा सोच्नुपर्छ । 
    यो विषयमा सत्तापक्ष, प्रतिपक्षले आ–आफ्नो आईडीओलोजीलाई एक ठाउँमा थन्क्याएर राष्ट्र र जनता र राष्ट्रिय हितमा सोच्नुपर्छ । 

    प्रधानमन्त्री ओलीले चीन सरकारसँग पोखरा विमानस्थलको ऋण अनुदानमा रुपान्तरण गर्न आग्रह गर्नुपर्छ । 

    चीनलाई नेपालको भूमि चीनविरुद्ध प्रयोग नहुने र चीनको सुरक्षामा नेपाल सहयोगी बन्ने कुरामा विश्वास दिलाउन सक्नुपर्छ । 

    चीनको स्वार्थ के हो भने नेपाली भूमि चीनको विरुद्धमा कहिले पनि प्रयोग नहोस् । नेपाल सहयोगी बनोस् भन्ने हो । त्यो हामीले विश्वास दिलाउनुपर्छ ।  

    नेपाली कांग्रेसले बीआरआईको ऋण लिर्नै पर्दा पनि न्यूनतम् व्याजदरमा पाउनुपर्ने माग राखिरहेको छ । ऋणका व्याजदर एकदमै महँगो रहेको छ ।

     बीआरआईको ऋणको कारण केही देशहरु अप्ठ्यारोमा छन् । थुप्रै मुलुकहरु लिने बेलामा लिइहालियो, अहिले के गर्ने, के गर्ने भएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार