images
images

नेपाल लाइफ क्यापिटलले हकप्रद जारी गर्ने, संस्थापकहरूले मात्रै खरिद गर्न सक्ने

नेपाल लाइफ क्यापिटलले हकप्रद जारी गर्ने, संस्थापकहरूले मात्रै खरिद गर्न सक्ने

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • नेपाल लाइफ क्यापिटलले हकप्रद जारी गर्ने, संस्थापकहरूले मात्रै खरिद गर्न सक्ने

    काठमाडौँ / नेपाल लाइफ क्यापिटलले हकप्रद सेयर जारी गर्ने भएको छ । क्यापिटलले असार ११ गतेदेखि क्यापिटलले हाल कायम चुक्ता पूँजीको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । 

    जेठ २५ गतेसम्म कायम संस्थापक शेयरधनीहरूले हाल कायम आफ्नो सेयरको अनुपातमा हुन आउने हकप्रद सेयर खरिद गर्न पाउनेछन् । हकप्रद सेयर खरिदका लागि असार २५ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । 

    तोकिएको समयभित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा कम्पनीको नियामावलीमा भएको ब्यवस्था अनुसार सञ्चालक समितिले तोकेको सर्त र तरिकाबाट बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ । 

    लगानीकर्ताहरूले कम्पनीको हकप्रद सेयर खरिदका लागि नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय कमलपोखरी सिटी सेन्टर काठमाडौन्मा आवेदन दिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार