चर्चित समाचार
  • १० महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क (पूर्णपाठसहित)

    १० महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क (पूर्णपाठसहित)

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • १० महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    त्यस्तै, नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ। 

    यसैगरी, बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७.८ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको पनि बैङ्कले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार