चर्चित समाचार
  • भूपेश तिम्सिनाको ‘धेरै कोशिस’ सार्वजनिक (भिडिओसहित)

    भूपेश तिम्सिनाको ‘धेरै कोशिस’ सार्वजनिक (भिडिओसहित)

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • भूपेश तिम्सिनाको ‘धेरै कोशिस’ सार्वजनिक (भिडिओसहित)

    काठमाडौँ / गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । 

    उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ ।

    गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार