images
images

नेपाल बैंक र  जलजला बहुमुखी क्याम्पस बिच सम्झौता, कर्मचारीहरुलाई  यस्तो छ सुविधा

नेपाल बैंक र  जलजला बहुमुखी क्याम्पस बिच सम्झौता, कर्मचारीहरुलाई  यस्तो छ सुविधा

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • नेपाल बैंक र  जलजला बहुमुखी क्याम्पस बिच सम्झौता, कर्मचारीहरुलाई  यस्तो छ सुविधा

    काठमाडौं नेपाल बैंक लिमिटेड र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । 

     यहि जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोह बिच सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । 

    नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए । 

    बैंककोतर्फबाट प्रदेश प्रमुख शुसिल कुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोवारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध  गर्दै क्याम्पस परिवारसंग वित्तीय सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । 

    निजले आगामी दिनमा क्याम्पस र बैंकबिचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्नुहुदै बैंकले क्याम्पस परिवारका साथै ग्राहकवर्गहरुलाई समयसापेक्ष बंैकिंङ सेवा सुबिधाहरु थप प्रभाबकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए । 

    उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.÷संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार