पोखरामा व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलन

पोखरामा व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलन

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • images
    images
    पोखरामा व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलन

    गण्डकी / पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्यमा पोखरामा व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

    images
    images

    विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतका पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त तथा संयुक्त आङ्गिक कलेज एवं चार वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सह–आयोजनामा ‘इन्टरनेशनल कन्फरेन्स अन एप्लाइड साइन्स एण्ड इन्जिनियरिङ इन चेन्जिङ वर्ल्ड’ नामक तीन दिने सम्मेलन सुरु भएको हो ।

    मङ्गलबारदेखि सुरु सम्मेलनमा नेपाललगायत विश्वका १२ देशहरू भारत, पाकिस्तान, दक्षिण कोरिया, जापान, चीन, पाराग्वे, जर्मनी, अमेरिका, अष्ट्रिया र स्पेनमा अवस्थित विभिन्न शैक्षिक संस्थामा आबद्ध एक सय २० सहभागीले कार्यपत्र प्रस्तु गर्ने कार्यक्रम रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । 

    तीन सय बढी प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्मीको सहभागिता रहेको सम्मेलनमा भूकम्प प्रविधि समाज नेपालका अध्यक्ष एवं पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका व्यवस्थापन समिति अध्यक्ष डा आमोदमणि दीक्षित, कोरियन प्राध्यापक डा कियुङ चुन किम, जापानिज प्राध्यापक डा योशिमित्सु नाकाजिमा तथा प्राध्यापक डा टेकराज ज्ञवाली प्रमुख वक्ता रहेका छन् । 

    सम्मेलनको उद्घाटन सत्रमा वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइत, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटा, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा राजेशकुमार ठगुराठी, प्राध्यापक डा विनयकुमार मिश्रले सम्मेलनको महत्वलगायतका विषयमा प्रकाश पारेका थिए । 

    सम्मेलनमा वर्तमान विश्वमा इन्जिनियरिङ क्षेत्रमा भइराखेका अनुसन्धान र व्यवहारिक विज्ञानले समाजको विकासमा कस्तो असर पार्छ, कहाँ कहाँ तिनीहरूलाई लागू गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

    सम्मेलनले हाल विज्ञान तथा प्रविधिमा कुन कुन विधामा अनुसन्धान भइराखेको छ त्यो थाहा हुने र एकै ठाउँमा बसेर विभिन्न देशका अनुसन्धानको बारेमा जानकारी लिन सहज हुने विश्वास लिइएको छ । 

    सम्मेलनमा सहभागिता जनाउने विद्यार्थी र नव अनुसन्धानकर्मीलाई वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्मीसित भेटघाट, अन्तक्र्रिया गर्ने, नेटवर्किङ गर्ने अवसर प्राप्त हुने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा राजेशकुमार ठगुराठीले बताए । 

    सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र व्यवहारिक विज्ञान, वातावरण, गणित लगायत सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कर्पोरेट इन्जिनियरिङ, मौसम परिवर्तन, फिजिक्स, सूचना प्रविधिलगायतका इन्जिनियरिङका विधामा रहेकोले यसले देश विकासमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ।

    सम्मेलनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले आफूले गरेको अनुसन्धानलाई पोष्टरको माध्यमबाट प्रस्तुतीकरण गरेका छन् । 

    आफूले गरेको अनुसन्धानले समाजको विकासमा भूमिका खेल्नुका साथै उक्त विषयमा भएका अनुसन्धान र भविष्यमा गर्न सकिने अनुसन्धानका विषय पहिचान गर्ने डीन प्रा ठगुराठीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार