images
images

अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण
    images
    images

    अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएकी छन् । 

    यहि माघ ८ गते विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको विश्वविद्यालयले जनाएको छ । 

    कार्यक्रममा अध्यक्ष तथा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले दुइ देश बीच विदृमान सम्बन्ध र सहकार्यको प्रशंसा गरे । 

    आगामी दिनमा मध्यपश्चिम विश्वविद्यालय र अस्ट्रेलियाली विश्वविद्यालयहरूबीच थप शैक्षिक साझेदारी विस्तारको आवश्यकता औंल्याए । 

    उनले अनुसन्धान र आदानप्रदान कार्यक्रमहरूमा थप सहकार्यका लागि आग्रहसमेत गरेका थिए । 

    राजदूतलाई उनको भ्रमणका लागि हार्दिक धन्यवाद व्यक्त गरे । 

    लिआन जोनस्टनले अस्ट्रेलिया र नेपालबीचको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई प्रकाश पार्दै शिक्षा, शासन र सांस्कृतिक आदानप्रदानमा आपसी सहकार्य सम्बन्धी चर्चा गरेकी थिईन । 

    उनले यो भ्रमण र कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । 

    त्यस्तै, मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइका संयोजक उप–प्राध्यापक कल्पना पौडेलले विश्वविद्यालयको संक्षिप्त विवरण, शैक्षिक उपलब्धि, हालका पहल र भावी कार्यक्रमहरूको प्रस्तुतिकरण दिए । 

    कार्यक्रममा सेवा आयोगका अध्यक्ष तथा सदस्य,  विभिन्न ग्र्याजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशक, विभागिय प्रमुख एवं संयोजक, अस्ट्रेलियन राजदुतावासका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति थियो । 

    कार्यक्रमको संचालन रजिष्ट्रार सचिवालयका सदस्य एवं उप–प्राध्यापक डा. यदु ज्ञवालीले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार