images
images

अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, त्रियोग हाई स्कूल बन्यो बिजेता

अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, त्रियोग हाई स्कूल बन्यो बिजेता

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, त्रियोग हाई स्कूल बन्यो बिजेता
    images
    images

    काठमाडौँ / नेशनल साइवर ओलम्पियाडको आयोजनामा पाँचौँ अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ सम्पन्न भएको छ । पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पायर कलेजको मूख्य प्रायोजनमा उक्त प्रतियोगिता रसियन हाउस, कमलपोखरी काठमाडौँमा सोमबार सम्पन्न भएको हो । कुल ३२ टिममा उत्कृष्ठ हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए ।

    फाइनल प्रतियोगितावाट उत्कृष्ट हुदैँ धापासी काठमाडौँको त्रियोग हाई स्कूलले प्रथम स्थान हासिल गर्यो । माउन्ट एसईबी स्कूल, सैनिक आवासीय महाविद्यालय, बुढानिलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

    प्रतियोगितामा काठमाण्डौ उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागि भई प्रतिस्पर्धा गरेका थिए । 

    प्रतियोगितामा सूचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

    कार्यक्रममा सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका महानिर्देशक रमेश शर्मा पौड्याल, रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष पंकज जलानको उपस्थिति थियो । 

    प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कूलले नगद रु २५ हजार रुपैयाँ, ट्रफि, मेडल तथा अन्य उपहारहरू प्राप्त गरेको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरूले पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरू प्राप्त गरेका थिए । 

    कार्यक्रमको मुख्य प्रायोजक टेकस्पाएर कलेज थियो । रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवालगायतले प्रायोजन गरेका थिए । 

    सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अध्यावधिक राख्ने लक्ष्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो । निकट भविष्यमा नेशनल साइवर ओलम्पियाडको ं२ संस्करण आयोजना गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार