सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

    किमाथाङ्का (सङ्खुवासभा) / सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । 

    images
    images

    जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको  छैन । 

    पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन् । 

    बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ । विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन् । 

    विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यतर १७ जना बेपत्ता भएका थिए । त्यस्तैगरी, विसं २०७७ असार २७ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो । 

    आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । 

    यस वर्षको मनसुन गत जेठ २८ गतेदेखि सुरु भएकाले मनसुनबाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्धार गरी राहत वितरण एवं पुनःस्थापनालाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ खड्काले बताए । उनका अनुसार जिल्लाका ७६ वडामध्ये ३६ वडाले बाढीपहिरोको क्षति बेहोर्नु परिरहेको छ ।

    गत जेठ ३१ गते आएको अविरल वर्षासँगैको पहिरोले तीन घर बगाएको थियो भने दुई दर्जन बढी घर विस्थापित भएका छन् । खाँदबारी–११ आङ्लास्थित कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिराले बगाएको हो । 

    पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । 

    यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्दछ । पानीले सडकमा करिब एक करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ । 

    मनसुनजन्य प्रकोपबाट दुईजनाको मृत्यु र छजना बढी घाइते भएका छन् । बाढीपहिरोका कारण तीनवटा पक्की पुलमा क्षति पु¥याएको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ । 

    यही जेठ २१ गते वर्षासँगै आएको बाढीपहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडी समेत पहिरोले क्षति पु¥याएको छ । 

    पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ बराबरको भौतिक क्षति भएको प्रजिअ खड्काको भनाइ छ । 

    पहिरोले भोटखोला–४ मा निर्माणाधीन पाँच शय्याको अस्पताल र सोही वडाको सेम्बुङमा रिदर ज्याबु भोटे पुरिएको छ । 

    जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छभने बस्तीसमेत बगाउने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार