पोखरा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै छन् ।
उनी आफ्नो पार्टीकै बिभिन्न कार्यक्रममा सक्रिय सहभागी भइरुहेको भएपनि रास्वापाकका कार्यकर्ताहरु सशंकित छन् ।
शनिबार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिबार पार्टीको भात्री संस्था नेपाल मुस्लिम संघको भेला , नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट बिजयी जनाप्रतिनितिधिहरु अन्तरक्रिया कार्यक्रम सहभागी थिए ।
उनी आज पनि नेपाली कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागी हुने कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भैरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु सशंकित देखिएका छन् । उनीहरु महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलिरहेको सुर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित बरपिपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरुले निगरानीमा राखेको सामाजिक संजालमा जानकारी दिएका छन् ।
उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापाले को – कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरुले निगरानी गरिरहेको बताउँदै मुद्दासँग सम्बन्धित पक्षको महामन्त्री थापासँग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् । ्
उनीहरुले न्यायसंग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले दुई दिनअघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरबिपल होटलमै बसेको जानकारी दिएका छन् ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा ब्यापक चहलपहल हुन थालेको छ । उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरु पोखरा आएका छन् ।
यसैक्रममा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रबि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।