images
images

किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो : मन्त्री साह

किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो : मन्त्री साह

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो : मन्त्री साह

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले संयुक्तराज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसएआइडी’ द्वारा नेपालमा सञ्चालित किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु-याएको बताएकी छन् । 

    images
    images
    images
    images

    युएसएआइडीले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आयोजना गरेको आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताइन् । 

    उनले भनिन्, “किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सयोग पुर्यायो । नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ ।”

    यसैगरी उनले उक्त परियोजनाले कृषकलाई उत्पादनदेखि बिक्रीवितरण एवं बजारीकरणका लागि पनि सहज भएको बताइन् । 

    कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उनले बताइन् । 

    सोही कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानलाई उनीहरुको आयवृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा आफू गौरवान्वित भएको बताइन् ।

    उनले भनिन्, “स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाएकामा हामी गौरवान्वित छौँ ।”

    जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सिमान्तकृत समूहका गरी दुई लाख ७० हजार छ सयभन्दा बढी किसानलाई सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो । 

    युएसएआइडी, नेपाल सरकार र निजी क्षेत्रबीचको साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ।

    उक्त परियोजनाले एक सय ७७ फार्मसँग साझेदारी गरी लगभग छ सय कृषि सल्लाहकारलाई किसानलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पु¥याउनुका साथै तीन हजार पाँच सयभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराइएको र उक्त सहयोगले उत्पादन एक सय ३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको जानकारी दिइएको थियो ।

    जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यास र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै युएसएआइडीले किसानलाई जलवायु परिवर्तनका प्रभावको राम्रोसँग सामना गर्न सक्नेगरी सशक्त बनाएको बताइएको छ ।

    उक्त परियोजनाको आजको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पु¥याउन ज्ञानसामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो ।

    यसैगरी सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले आठ लाखभन्दा बढी नेपाली किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपक खरालले युएसएआइडीको किसान २ परियोजनाले किसानलाई कृषि उत्पादकत्वदेखि अन्य विभिन्न कृषि उत्पादन एवं व्यापारीकरणमा निकै सहज वातावरण सिर्जना गरी किसानको आयस्तरमा वृद्धि गराउन सफल भएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार