कोशी प्रदेशमा ३ लाख १५ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिँचाइ सुविधा, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा ३ लाख १५ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिँचाइ सुविधा, कुन जिल्लामा कति ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    कोशी प्रदेशमा ३ लाख १५ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिँचाइ सुविधा, कुन जिल्लामा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा कोशी प्रदेशमा ३ लाख १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको देखिएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार चालु आर्थिक बर्षको अर्थात २०८० पुष मसान्त्सम्ममा ३ लाख १५ हजार ८ सय ११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको देखिएको छ । 

    प्रतिवेदन अनुसार कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल ७ लाख ७९ हजार ५ सय ८४ हेक्टर रहेकोमा समीक्षा अवधिमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । 

    कुल खेतीयोग्य क्षेत्रफलमा मोरङ जिल्लाको अंश सबैभन्दा बढी १५ प्रतिशत र ताप्लेजुङ जिल्लाको अंश सबैभन्दा कम ३.१ प्रतिशत रहेको छ ।

    २०८० पुस मसान्तसम्म कोशी प्रदेशको कुल ३ लाख १५ हजार ८ सय ११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ जुन कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा ४०.५ प्रतिशत रहेको छ । 

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल खेतीयोग्य क्षेत्रफलको ३९.७ प्रतिशत भागमा यस्तो सुविधा पुगेको थियो । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल मध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी ८५.१ प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम १ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

    अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा प्रदेशमा कुल सिञ्चित क्षेत्रफल ०.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो ।

    यस्तो छ जिल्लागत विवरण 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार