पहिलो सहकारी रोजगार मेला : ३ हजार बढीले गरे अवलोकन, २ सय विद्यार्थीलाई करीयर काउन्सिलिङ

पहिलो सहकारी रोजगार मेला : ३ हजार बढीले गरे अवलोकन, २ सय विद्यार्थीलाई करीयर काउन्सिलिङ

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    पहिलो सहकारी रोजगार मेला : ३ हजार बढीले गरे अवलोकन, २ सय विद्यार्थीलाई करीयर काउन्सिलिङ

    काठमाडौं / ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ ।

    राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमै  सञ्चालीत मेलामा करीब ३ हजारदेखी ४ हजारले अवलोकन गरेका छन् ।

    मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करबि २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ ।

    समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको अवसरको लाभ लिएकामहासंघले बताएको छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती पनि भए । 

    विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि अपेक्षाअनुसार नहुनुलाइ महासंघले सिकाइको रुपमा लिएको छ ।  

    यद्यपी सहकारीको ३० वर्षे ईतिहासमा पहिलो मेला गर्न र सहकारीबनरे सकारात्मक शन्देश दिन सफल भएको महासंघकी अध्यक्ष महासंघकी अध्यक्ष ओमदेवी मल्ल बताउछिन् । 

    मल्ल भन्छिन्,‘हामीले यो मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कती सफल भयौं ?तर शुरुवात ग¥यौं । आगामी वर्षमा भने व्यवस्थित गर्दै जाने छौं ।’ 

    सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्पmत बुझाउन सफल भएको उनको भनाइ छ ।  

    मेलामा करीब २९ ओटा स्टलहरुमार्फत विभिन्न उत्पादीत सामाग्रीहरु प्रदर्शन समेत गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाईनबाट सिभि संकलन गरेको महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले जानकारी दिईन । 

    ‘महासंघकै गुगलमार्फत आईटि, फाईनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका लागि आवेदन परेको छ । कतिले गरेभन्ने तथ्यांक केहि दिन पछि आउँछ । सहकारी संस्थाहरुले खोजी गरिरहेकाले अब आवेदन परेकाबाट महासंघमार्फत समन्वय गरिदिने छौं ।’ उनले भनिन् ।  

    महासंघले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्न मेलाको आयोजना गरेको हो । 

    स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको काम सो मेलालेगरेको आयोजकको भनाइ छ ।

    मेलाको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नुपर्ने भन्दै केहि व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराए । 

    सहकारीले किसानबाके उत्पादन विक्रि गर्ने वातावरण तय गरेको समेत उनले बताए । यसैक्रममा मन्त्री अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ । 

    नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाय कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् ।

    यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’ केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्याको भनाइ छ । उनकाअनुसार केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । 

    उनी जोड दिंदै थप्छन्, ‘सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन।,’ 

    सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए । सहकारीले भोलीका दिनमा कसरी काम गर्ने र सहकारीलाइ कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए ।

    यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने बताएका छन् । 

    उनकाअनुसार राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्ने नबुझ्ने पनि छन् । 

    ‘केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ । सहकारी बढिरहने भएकाले सहकारी ढुक्कले अगाडी बढ्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन,’ उनले भने । 

    यसैक्रममा उनले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए । उनले सुझाव दिंदै भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन । सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला । यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला ।’

    यस्तै, कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार दिपकबहादुर बास्कोटाले बल्ल सडकदेखी सदनसम्म सहकारीबारे चर्चा हुन थालेको बताए । पशिला चाहेर पनि यस्तो नभएको भन्दै अहिले केहि सहकारबिो बदमासीका कारण सहकारीको नकारात्मक विषय सडकदेखी सदनसम्म पुगेको उनको भनाइ थियो । यसले सहकारीलाई सच्चिने मोका दिएको उनले बताए । 

    ‘अहिले चुनौतीका वावजुद सहकारीहरुले सहि दिशा लिएर अघि बढ्ने राम्रो अवसर हो ।’ बासकोटाले भने । मेलाको पहिलो दिन उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आम सहकारीवालाहरुलाई भावनात्मक एकता कायम गर्न अनुरोध गरेका थिए ।

    नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् ।जसमा ५६ प्रतिशत महिला सहभागिता छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने फिलिपिन्सपछिको दोस्रो मुलुकमा पर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार